उपत्यकामा थप ३ हजार ६६६ जनामा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।