भारतमा संक्रमित संख्या २ करोड नाघ्यो, २४ घण्टाभित्र ३ हजार बढीको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एकै दिन ३ हजार भन्दा बढीको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३८ जनाको मृत्युु भएको हो । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २२ हजार ३८३ पुगेको छ । त्यस्तै कोरोनाबाट संक्रमित हुनेहरुको संख्या दुई करोड बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार बढी संक्रमित भएसँगै संक्रमण हुनेको संख्या २ करोड माथि नाघेको हो । पछिल्लो समय तीन लाख ५५ हजार ८२८ मा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ ।

संक्रमित मध्ये १ करोड ६६ लाख ७०३ जना निको सन्चो भएका छन् । सक्रिया संक्रमितको संख्या भने ३४ लाख ५२ हजार ४५७ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button