कोभिड उपचारः आजदेखि रेम्डेसिभिर पाउन केही सहज हुने

काठमाडौं । कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ को सात हजार डोज काठमाडौं आएपछि उपचारमा केही सहज हुने भएको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार करिब सात हजार मात्रा रेम्डेसिभिर औषधि आएपछि आजदेखि संक्रमितहहरुको उपचारमा केही केही सहज हुनेछ ।

बंगलादेशबाट ७ सात हजार डोज औषधि आएपछि पनि क्रमशः अर्को हप्तादेखि थप केहि परिणाम आउने तथा करिव एक महिनाभित्र ८५ हजार आइपुगग्ने केसीको भनाइ छ ।

सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा रेम्डेसिभिर औषधिको प्रयोग गरिँदै आएको छ । तर, पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण बजारमा औषधिको अभाव देखिन थालेको थियो

‘केहि अस्पतालहरुमा औषधि स्टकमा राखिएको छ । तर, कोभिड बिरामीको उपचार हुने अस्पतालमा भने औषधिको अभाव देखिएको र चाहे अनुसार पाउन सकेको छैन,’ सूचना अधिकारी केसीका अनुसार आजदेखि यो औषधि सहज रुपमा पाइने छ ।

भारतमा पछिल्लो समय प्रतिबन्ध लगाएको कारण त्यहाँबाट औषधि आउन नसकेको केसीको भनाइ छ ।

‘आयातकर्ताहरुसँग औषधि शून्य स्तरमै छ । तर, कोभिड अस्पतालहरुमा सानो परिमाणमा औषधि स्टक छ । त्यो औषधि कोभिडका गम्भीर अवस्थाका बिरामीहरुको लागि प्रयोग गर्ने भनेर छुट्याइएको छ,’ उनले भने । बिरामीको अवस्था हेरेर सात डोज र ११ डोजको रेम्डेसिभिर दिइने उनले बताए ।

कोरोना सङ्क्रमित सबै बिरामीलाई यो औषधि दिइँदैन र यसले कोरोनालाई निको नै पार्ने भनेर प्रमाणित भइनसकेकाले क्रिटिकल अवस्थामा मात्रै यो औषधि प्रयोग गर्ने गरिएको उनको भनाइ छ ।

यो औषधि शुरुमा दुई जोड दिइन्छ त्यसपछि छ दिनसम्म एक–एक डोज दिएर सात डोज र अर्को भनेको शुरुमा दुई डोज दिएर नौ दिनसम्म एक–एक डोज लिएर ११ डोज पूरा गरी उपचार हुने गरेको उनले बताए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button