गएरातिदेखि सबै आन्तरिक हवाई उडान बन्द

काठमाडौं । कोरोना संक्रमणको साङ्लो चुँडाउन भन्दै सरकारले सबै आन्तरिक हवाई उडान बन्द गरेको छ । मन्त्रीपरिषद्को निर्णयबमोजिम गएरातिदेखि लागु हुने गरी आन्तरिक उडान अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको हो ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको थियो । त्यसैगरी भारतका सीमित उडानबाहेक अन्य सबै अन्तराष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको थियो।
तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारी भनाइ छ । पछिल्लो समय बढ्दो कोरोना संक्रमणका कारण हवाई उडान स्थगित गर्नुपरेको हो ।