बागलुङमा आज देखि १० दिन निषेधाज्ञा

बागलुङमा आज देखि १० दिन निषेधाज्ञाबागलुङमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोनाका संक्रमित बढ्दै गएपछि बागलुङ उद्योग वाणिज्य संघ र स्थानीय पालिकाको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो ।

मंगलबार बिहान बागलुङ बजारका सडकमा अत्यावश्यक सेवाका सवारीसाधन मात्र गुडेका छन् । त्यस्तै बजारहरू पूर्ण रूपमा ठप्प छन् ।
मंगलबारदेखि वैशाख ३१ गतेसम्म दस दिनका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

निषेधाज्ञाको अवधिभर बैंक तथा वित्तीय संस्था दैनिक ११ देखि १ बजेसम्म मात्रै खोल्ने, अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने बताइएको छ । सोमबार बसेको बार बेन्च बैठकले फौजदारी घटनाको मुद्दा दर्ता गर्ने, बालबालिका तथा हिंसापीडितको मुद्दा भए दर्ता गर्ने निर्णय भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए ।

अत्यावश्यक काम पर्ने कार्यालयबाहेक अन्यमा सेवा बन्द गर्न प्रशासनले आग्रह गरेको छ । यहाँका सबै पालिकाले पनि आफ्नो क्षेत्रमा स्वतस्फूर्त लकडाउन गराएर कोरोना संक्रमणको चेन ब्रेक गर्ने सूचना जारी गरेका छन् । बागलुङमा पछिल्लो समय झन्डै २ सय सक्रिय संक्रमित पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button