माओवादी केन्द्रले स्थायी समिति बैठक बोलायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसोका लागि बैठक बोलाइएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने रणनीति भएपछि माओवादी केन्द्रले बैठक बोलाएको हो ।

सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच टेलिफोन संवादमा ओलीको विश्वासको मत दिने निर्णयबारे छलफल भएको थियो ।

देउवाले पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक विषयमा छलफल थालेका छन् । प्रचण्डले पनि स्थायी समिति बैठक बोलाएका हुन् । काँग्रेस र माओवादी केन्द्रको बैठकलाई चासोका साथ हेरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button