चितवनमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ८० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका ६७ जना रहेका छन् । जसमध्ये ३५ जना पुरुष र ३२ जना महिला छन् । संक्रमितहरु २० वर्षदेखि ६९ वर्ष उमेर समूहका छन् यस्तै रत्ननगर नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु ३० देखि ६३ वर्ष उमेर समूहका छन् । यसैगरि खैरहनी नगरपालिका–८ का ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै कालिका नगरपालिकामा ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १४ वर्षीया बालिकादेखि ६० वर्षसम्मका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button