राष्ट्रपति भण्डारीले जारी गरिन् सात अध्यादेश

काठमाडौैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी हुन्।
भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् ५ अध्यादेश जारी गरेकी हुन् ।
आज (मंगलबार) राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।
