बैतडी जिप दुर्घटनाः मृतकको सङख्या ६ पुग्यो

बैतडी जिप दुर्घटनामा परि ज्यान गुमाउनेको सङख्या ६ पुगेको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाका जिप चालक तेजबहादुर बोहरा, पञ्चेश्वर गाउ्रँपालिका वडा नं ६ का दिपक सिँह भण्डारी, जित सिँह भण्डारी, हिक्मत सिह भण्डारी हरिश सिंह भण्डारीर सोही ठाउँका डम्बर सिह भण्डारी र खेम सिहँ भण्डारी रहेका छन् ।

जिप चालक तेजबहादुर बोहरा र खेम सिँह भण्डारीको अस्पताल ल्यउदै गर्दा मृत्युभएको हो भने ४ जनाको घट्नास्थमै ज्यान गएको हो । घट्नास्थलमै ४ जना र अस्पताल ल्याउदै गर्दा दुइ जनाको मृत्युभएको वडा नं ६ का वडा अध्यक्ष राम सिहँ पुजाराले बताउनुभयो । अन्य घाईते मोहन सिंह भण्डारी, दिलिप सिंह भण्डारी, मदन सिंह भण्डारी, गोर्या सिह भण्डारी रहेका छन् ।

घाइतेहरुलाई अस्पताल ल्याइदै छ । मंगलबार दिउँसो से १ ज १८३ नं को जिप पञ्चेश्वर गाउपालिकाकै वडा नं ६ को गणमेश्वर मोडमा दुर्घटनामा परेको थियो ।

सोमबार राती चट्याङ लागेर मृत्यु भएका वडा नं ६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब लिएर पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा जिप दुर्घटनामा परेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button