माओवादी केन्द्रले संसद् सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र

काठमाडौं । माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । माओवादी केन्द्रले आज संसद सचिवालयमा औपचारिक पत्र पठाएर समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिँदै ओली सरकार सञ्चालनमा असक्षम भएको आरोप लगाएका छन् । ओलीले असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाई देशलाई वाह्य शक्तिको किडा स्थल बनाउँदै लगेको पनि बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो । माओवादीको समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादीका ४८ जना सांसद् छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसद्‌मा विश्वासको मत लिने निर्णय गरिसकेका छन् ।


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button