नेतृ झाँक्रीको ट्विट- ‘हामी त डुब्छौ नै, तिमीलाई पनि लिएरै डुब्छौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले यहि बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिन लागेका हुन।

महन्त ठाकुर नेतृत्वको जसपाले समर्थन दिने संकेत गरेपछि प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिन लागेका हुन। तर, प्रधानमन्त्री ओलीको पक्षमा अंकगणित कमजोर रहेको टिप्पणी भइरहेका छ।

एमालेभित्रकै माधव कुमार नेपाल पक्षले फ्लोर क्रस गर्ने तयारी गरेका समाचार आइरहेका छन्। प्रधानमन्त्री ओलीले संसदमा विश्वास लिने समयमा फ्लोर क्रस गर्ने वा त्यसअघि नै राजीनामा दिने विषयमा नेपाल पक्षमा हाल छलफलमा रहेको बताइएको छ।

यसैबीच, नेकपा एमालेको नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने संकेत गरेकी छिन्।

सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री ओलीको नाम नलिई बरु कारवाही सहने तर सरकारको समर्थन नगर्ने संकेत गरेकी हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button