कोरोनाबाट एकैदिन ५८ जनाको मृत्यु, ८६५९ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। यस्तै, ८६५९ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

एकैदिन यति धेरै संख्यामा संक्रमित र मृत्यु हुनु यो संख्या हालसम्मकै धेरै हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो।

सरकारले मङ्गलवार २४ घण्टाको अवधिमा ७,६६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको थियो।

मन्त्रालयका अनुसार नेपालमा हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button