सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारीमा रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने तयारी गरेको छ ।

देशमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने भएकाले सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी थालेको हो ।

सेनाले जुनसुकै समयमा पनि बोलाइन सक्ने भन्दै तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

सेनाले हाल नेपालमा बढिरहेको कोरोना संक्रमणलाई मध्यनजरमा राख्दै यसको नियन्त्रण तथा रोकथामका लागि विभिन्न योजना तर्जुमा एवम् आवश्यक तयारीहरु गर्दै आएको छ ।

यसैक्रममा जंगी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतमा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button