सरकारले तोकेभन्दा बढी शुल्क नलिन निजी अस्पताललाई सरकारको चेतावनी

कोभिड १९ को महामारीको समयमा केही नीजि अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले महामारीको यो अवस्थामा जनतालाई दुःख दिने भन्दा सेवाभाव राखेर काम गर्न भनेको छ ।
‘यस किसिमले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता गतिविधि नगर्नु नगराउनु हुन सचेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै सर्वसाधारण सबैमा यस्ता गतिविधिहरु पाइएमा मन्त्रालय र स्थानीय प्रशासनहरुमा जानकारी गराइदिन अनुरोध गर्दछौं ।’
सरकारले यस्ता गतिविधिहरुको अनुगमन गरिरहेको र नियमअनुसार कडाभन्दा कडा कारबाही गर्ने पनि सरकारले स्पष्ट पारेको छ ।