फेसबुक र इन्स्टाग्राममा ट्रम्पको एकाउण्ट सधैंका लागि प्रतिबन्ध

काठमाडौं । फेसबुकको उपल्लो बोर्डले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाण्ट माथि लाग्दै आएको प्रतिवन्धलाई अनुमोदन गरेको छ ।
अमेरिकाको क्यापिटल हिलमा भएको दंगामा ट्रम्पले सामाजिक सन्जालबाट समर्थन गर्दै थप भड्काउन मद्धत गरेको भन्दै गत जनावरीमा उनका एकाण्टमाथि प्रतिवन्ध लगाईएको थियो ।
हजारौं समर्थकहरुले फेसबुकको यो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेपछि उपल्लो बोर्डले यसमाथि अध्धययन गरेको हो । तर बोर्डले पनि ट्रम्पका एकाउण्टमाथि प्रतिवन्ध लगाउने पुरानै निर्णय सदर गरेपछि उनीमाथि सधैंका लागि प्रतिवन्ध लाग्ने भएको हो ।
फेसबुककै मातहत रहेको इन्सटाग्रामले पनि उनीमाथि प्रतिवन्ध लगाएको छ भने ट्वीटरमा पनि ट्रम्प प्रतिबन्धित छन् । प्रतिवन्ध लगत्तै ट्रम्प प्रशासनले नयाँ सामाजिक सन्जाल ल्याउने घोषणा गरेपनि बुधबार उनको नयाँ वेभसाईट मात्रै सार्वजनिक गरिएको थियो ।