सरकारले भन्यो- ‘संक्रमितका लागि अस्पतालमा २० हजार बेड र १७ सय आईसीयू छ’ (विज्ञप्ति)

काठमाडौं । कोरोना संक्रमिको उपचारका लागि सरकारले झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जानकारी दिएको छ ।

कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएको र ती अक्सिजन प्लान्टबाट दैनिक २५ सय ४९ सिलिन्डर भर्न सकिने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उधृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माका अनुसार तीनवटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको, स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि प्रयोग भइरहेको अक्सिजन सिलिन्डरको संख्या छ हजार २८८ रहेको र सामान्यतया दैनिक रुपमा अक्सिजन अपत १४११.५ लिटर रहेको उल्लेख छ ।

यस्तो छ प्रधानमन्त्री कार्यालयको विज्ञप्ति

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button