कोरोनाबाट एकैदिन ५४ जनाको मृत्यु, ९०७० नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ।
२०,३६७ जनाको परीक्षण गरिएकोमा ९०७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो।
गत चौबीस घन्टामा २७०७ जना डिस्चार्ज भए। यसैगरी गत चौबीस घन्टामा २०३६७ जनाको पीसीआर तथा ७७५ जनाको एन्टिजेन परीक्षण भएको छ।