वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट १६ जना पत्रकारलाई सम्मान, घोषणा आज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चार वरिष्ठ पत्रकार सम्मान सहित १६ जना पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।
दुई आर्थिक वर्षको पत्रकारिता पुरस्कार एकैपटक दिन लागिएको हो । कोरोना महामारीका कारण यस वर्ष पनि पुरस्कार वितरण परिस्थिति समान्य बनेपछि हुने भएको छ ।
मन्त्रालय स्रोतका अनुसार, पुरस्कार प्राप्त गर्ने पत्रकारहरुको नामावली आज घोषणा हुनेछ । विगतमा राष्ट्रपति कार्यालयमा एक समारोहका बीच राष्ट्रपतिबाट सो पुरस्कार वितरण गर्ने चलन छ ।
वरिष्ठ पत्रकार सम्मानबाट अग्नि शिखा (मरणोपरान्त), हर्ष सुब्बा, रघु मैनाली र शार्दुल भट्टराई छन् । वरिष्ठ पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारले जनही २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसैगरी, राष्ट्रिय पत्रकारिता पुरस्कारबाट उजीर मगर, मातृका पौडेल, संगिता खड्का, शेषराज दाहाल, हेमन्त विक, सितल साह, दिलिप थापा, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल छन् ।
राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।