संसद सचिवालयमा गरिएको स्वाब परीक्षणमा १४ सांसदसहित ६५ जनामा कोरोना पुष्टि

काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणमा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालयका एक अधिकारीका अनुसार स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको हो ।

वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएको थियो । स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button