स्वास्थ्य मन्त्रालयले भन्यो, अहिले ५० लाख डोज कोरोना खोप खरिद गर्ने अवस्था छैन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले हाल ५० लाख डोज कोरोना खोप किन्ने अवस्था नरहेको जनाएको छ।

भारतीय औषधी उत्पादक कम्पनी सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको मन्त्रालयले बताएको छ।

सो कम्पनीमा आगलागी हुनुका साथै क्षमता विस्तारमा अवरोध भएको भन्दै कम्पनीले क्षमता विस्तार हुने वित्तिकै आपूर्ति गर्ने जानकारी गराएको भन्दै मन्त्रालयले जनाएको छ।

नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि क्षमता दिने कम्पनीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button