पिएसजीका एमबाप्पे मैदान फर्किने सम्भावना बलियो

पेरिस सेन्ट–जर्मेन (पिएसजी) का केलियन एमबाप्पे बुधबार राति लिस्बोनमा हुने च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा मैदानमा उपलब्ध हुने सम्भावना बढेको छ ।

एमबाप्पे गोलीगाँठोको चोटबाट मुक्त भएको प्रशिक्षक थोमस टुसिलले बताएका छन् । अरु कुनै समस्या नदेखिएमा उनी मंगलबार राति एट्लान्टासँगको क्वाटरफाइनलमा मैदानमा उपलब्ध हुने उनले बताएका छन् ।

तर एमबाप्पेलाई पूर्ण समय प्रयोग गर्ने वा अत्यावश्यक नभइ प्रयोग गर्ने सम्भावना भने कम रहेको प्रशिक्षक टुसिलले स्पष्ट पारेका छन् ।

गएको जुलाई २४ मा फ्रेन्च कपको फाइनलको क्रममा २१ वर्षका एमबाप्पे चोटग्रस्त भएको थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button