पत्रकार तामाङ र लामालाई रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महा–प्रबन्धक प्रभात लामालाई रिहा गर्न आदेश गरेको छ ।

न्यायायीश ईश्वरी प्रसाद अतिवडा र आनन्द मोहन भट्टराईको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

तामाङ र लामालाई समाचार लेखेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । यस अघि सर्वोच्च अदालतको न्यायाधीश अनिलकुमार सिन्हाको इजालासले कारण देखाउ आदेश जारी गरेको अदालतले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button