नेपालमा कोरोनाबाट थप ५० जनाको मृत्यु

काठमाडौ । नेपालमा वितेको २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ५० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कूल मृतक संख्या ३,५७९ पुगेको छ ।
यस्तै आज (शुक्रबार) नेपालमा कोरोनाभाइरसका ९,१९६ संक्रमित थपिएका छन् । २०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ लागु गरेको पनि जानकारी दिएको छ ।