प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सामान्यतया सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि शनिबार प्रधामन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् ।ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।
बैठकमा विपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने नजाने बनाइएको छ । तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।