संसद बैठकमा संक्रमित सांसदहरु सहभागी हुन पाउने

काठमाडौं । संसद बैठकमा कोरोना संक्रमित सांसद पनि सहभागी हुन पाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन यही २७ गते बोलाइएको संसद बैठकका सहभागी हुन पाउने भएको संघीय संसद सचिवालयले जनाएको छ ।

हालसम्म सरकारका केही मन्त्रीसहित २५ जना सांसदहरुमा कोरोना पुष्टि भएको छ । उनीहरूलाई बस्नका लागि छुट्टै स्थान बनाइने सचिवालयले जनाएको छ । मतदानमा सबै सांसदहरु सहभागी हुन पाउनेछन् ।

बैठकअघि गरिएको परीक्षणमा पर्यटन मन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोसहित दुई दर्जन सांसदहरूमा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा जारी रहेका बेला सोमबारबाट सुरू हुने विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button