वीर अस्पतालको नयाँ भवनलाई कोरोनाको ‘युनिफाइड अस्पताल’ बनाउने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । शनिवार साँझ आकस्मिक बसेको मन्त्रीपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोरोनाको ‘युनिफाइड अस्पताल’ बनाउने निर्णय गरेको छ ।

बैठकले नयाँ भवनलाई सुरुमा ५ सय शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त एजेण्डामा मात्र छलफल र निर्णय भएको ती मन्त्रीले बताए ।

केही समय अघि बसेको सीसीएमसीको बैठकले सरकारलाई वीर अस्पतालको नयाँ भवनलाई कोरोना विशेष अस्पताल बनाउन सिफारिस गरेको थियो । त्यसैगरि बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने पनि निर्णय गरेको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्री त्रिपाठीले भने, ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button