काठमाडाैं उपत्यकामा शुक्रबारको तुलनामा शनिबार घटे संक्रमित

काठमाडौं, २५ वैशाख । काठमाडौं उपत्यकामा शुक्रबार भन्दा शनिबार कोरोना संक्रमितको संख्या एक हजार घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार १ सय ६ जना संक्रमित भेटिएको उपत्यकामा शनिबार ३ हजार १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंका २ हजार २ सय ७०, ललितपुरका ४ सय ६२ र भक्तपुरका ३ सय ८१ जनामा संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या काठमाडौंमा २६ हजार ४ सय २६ पुगको छ भने ललितपुर र भक्तपुरमा यो संख्या क्रमशः ५ हजार ७ सय १२ र ३ हजार ५ सय ४० रहेको छ ।

संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button