पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौं । तीन दिनदेखि बेपत्ता रहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार पत्रकार बानियाँ मृत फेला परेका हुन् ।
बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेका एसएसपी थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उनी बल्खु खोलामा लडेका थिए । खोलाले बगाएर उनलाई मकवानपुर पुर्याएको प्रहरीको भनाइ छ । यद्यपि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
तनहुँ घर भएका बानियाँ २ दशकदेखि कान्तिपुर दैनिकमा आवद्ध थिए । राजनीति र सुशासनका क्षेत्रमा कलम चलाउँदै आएका बानियाँको बाइलाइनमा पछिल्लो समय कान्तिपुरमा चिनियाँ पक्षबाट नेपाली भू–भाग मिचिएको समाचार प्रकाशित भएको थियो ।
उक्त समाचारबारे पछि कान्तिपुरले सार्वजनिक रुपमा क्षमायाचना गरेको थियो ।