ठाकुर र महतोले ओलीलाई भने, ‘हामी विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । जसपाका अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् । उनीहरुले आज बालुवाटारमा ओलीलाई भेटेर यस्तो बताएका हुन् ।

उनीहरुले आफ्नो नेताहरुको विभिन्न मुद्दा फिर्ता गरिदिने विषयमा सहमति भएपनि कार्यान्वयन नभएको कारण आफूहरुले ओलीलाई विश्वासको मत दिन नसक्ने उनीहरुले जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भनेका छन् । ओलीलाई भेट्नु अगाडि उनीहरुले कांग्रेसका सभापति देउवासँग डेढ घन्टा छलफल गरेका थिए । देउवालाई भेटे लगतै उनीहरु ओली भेट्न बालुवाटार गएका थिए ।

जसपा भित्र ठाकुर र महतो ओलीका विकल्प खोज्नु हुन्न भन्ने पक्षमा छन्, भने बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विकल्प खोज्नु पर्ने पक्षमा छन् । तर, आज उनीहरुले ओलीलाई विश्वासको मत दिननसकिने प्रष्ट पारेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button