एमाले जोगाउन अन्तिम प्रयास, ओली-माधव पक्षका नेता वार्तामा

काठमाडौं । नेकपा एमालेमा पार्टी विभाजनको संघारमा पुगेको बेला एकताको लागि भन्दै अन्तिम प्रयास स्वरुप दुई पक्षका नेताहरु वार्तामा जुटेका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ताका लागि अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई अघि सारेका छन् ।
पार्टीका वरिष्ठ नेता माधव पक्षबाट भने स्वयं माधवकुमार नेपाल, नेता योगेश भट्टराई, मेटमणी चौधरीलगायतका नेता सहभागी रहेका छन् । अहिले सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वार्ता भइरहेको एक नेताले जानकारी दिए ।
नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले सामूहिक राजीनामाको तयारी गरिरहेकै बेला एमालेको दुवै पक्ष वार्तामा बसेका हुन् ।