ओली-माधव पक्षका नेताहरुको वार्ता सकियो, पुनः छलफल गर्ने सहमति

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेताहरुबीच भएको वार्ता सकिएको छ ।
एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको हो । सुवास नेम्वाङले आफुहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका बताए ।
आफ्ना कुरा खुलस्त राखेको भन्दै नेता नेपालले पनि पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद नरहेको बताए । ‘कसरी समाधान गर्ने ? केके आधारमा सहमति खोज्ने’ भन्ने छलफलमै रहेको बताए । पुनः छलफल गर्ने सहमति भएको बताइएको छ ।