दिपक मनाङेले भनेका थिए- ‘आफू दुइ साता मन्त्री रहने निश्चित !’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनमा दिएसँगै गण्डकीको युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिप मनाङे)को मन्त्री पद पनि गुमेको छ ।
उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । १० अगाडि मन्त्रीमा नियुक्त भएका मनाङेको मन्त्री पद गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनमा दिएपछि उनको पद पनि गुम्न पुगेको हो ।
मनाङेले मन्त्री पदमा नियुक्ति भएलगत्रै पत्रकारहरुसँग आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको बताएका थिए ।
मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् । मनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए ।