एसइई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार आज बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।