नेपाल–खनाल समूहका सांसदहरूको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल समूहको बैठक सिंहदरवारमा बस्ने भएको छ । बैठक बिहान साढे नौ बजे बोलाइएको बताईएकाे छ ।

आज प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्रीले लिने भनिएको विश्वासको मतको बारेमा छलफल गर्न बैठक बोलाइएको बताइएकाे छ ।

नेता माधव कुमार नेपालले आइतबार राती प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे माग राख्दै सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिएका थिए । आफ्ना माग पूरा नभए सामूहिक राजीनामा दिने भनेका थिए ।

प्रधानमन्त्री ओलीलाई दिएको समयसीमा पनि सकिएको छ । संसद्को विशेष अधिवेशन दिउँसो १ बजे बस्दै छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button