ओलीले नेपाललाई भने, ‘आउनुस् समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन् ।

एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले छलफलको लागि आह्वान गरेका छन् ।

ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।

ट्वीटमा ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button