स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

काठमाडौं । चिकित्सकसहित स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि त्रिवि शिक्षण (टिचिङ) अस्पतालका आकस्मिक कक्ष सिल गरिएको छ ।

आकस्मिक कक्ष सिल भएसँगै टिचिङ अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ । बुधबार सार्वजनिक भएको रिपोर्टमा टिचिङ अस्पतालको आकस्मिक कक्षका ४ जना स्टाफ नर्स र २ जना डाक्टरलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुलाई कोरोना देखिएपछि बुधबार नै आकस्मिक कक्ष सिल गरिएको अस्पतालको कोडिभ–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए ।

आकस्मिक विभागका केही कर्मचारीमा ज्वरो र खोकीसहित कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो । कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि बिहीबार थप करिब १ सय जनाको पीसीआर परीक्षण गर्ने तयारी भएको डा दासले जानकारी दिए ।

बिहीबार स्वाब संकलन गरी परीक्षणको नतिजा नआउँदासम्म आकस्मिक कक्ष सिल नै रहने डा दासले बताए ।

अस्पतालका अन्य ओपीडी र ओटी सेवाहरु भने पूर्ववत रुपमा सञ्चालनमा रहेका डा दासको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button