१५ मिनेटका लागि स्थगित भएको संसद् बैठक पुनः सुरू

काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक फेरि सुरू भएको छ ।

विशेष अधिवेशन सुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरू गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका थिए ।

आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दली आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरूले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीको तर्फबाट विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

प्रतिनिधि सभामा विश्वासको मत जित्न कम्तिमा पनि १ सय ३४ मत आवश्यक पर्दछ । अहिले प्रतिनिधि सभामा सत्तारुढ दल नेकपा एमालेको १ सय २१ मत छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button