प्रधानमन्त्रीलाई देउवाको प्रश्न : देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ?

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप लगाएका छन् ।

देउवाले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने- ‘यो अवस्था तपाईले सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?’ कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार भएको, व्यापारिक घरानालाई पोस्नका लागि नेपाली जनताको ज्यान जोखिममा पारिएको आरोप समेत दउवाले लगाएका छन् ।

प्रधानमन्त्रीले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले जनताले वाम गठबन्धनलाई झण्डै दुई तिहाई मत दिएको उल्लेख गरे । उनले तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न समेत गरेका छन ।

यस्तै देउवाले प्रधानमन्त्रीलई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको भन्दै उनले भने, ‘देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ?’

देउवाले प्रधानमन्त्री ओली प्रति कडा ब्यङ्य गर्दै नागरिकले दुक्ख पाउँदा टुलुटुलु हेरेर बस्ने प्रधानमन्त्रीले आत्मरति गर्न सुहाउँछ ? भनेर प्रश्न गरेका छन् ।

५ बर्सलाई निर्वाचित सरकारले तीन वर्षमै विश्वासको मत माग्ने स्थिति कसरी आयो ? यसमा उहाँकै दोष छ अरूलाई दोष लगाएर हुँदैन भन्दै देउवाले रोग र भोकले कसैलाई मर्न दिन्न भनेको होइन के मरेका मानिस नेपाली होईनन भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने वर्तमान सरकारले विखण्डनको राजनीति सधैका लागि अन्त्य गरेको, देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सवालमा कुनै विवाद नरहेको, पृथकतावादी सोच राख्नेलाई राजनीतिक मुलधारमा ल्याएको, राजनीतिक इच्छा आकांक्षा पुरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच लिएकालाई पनि संवादको माध्यमबाट शान्तिपुर्ण राजनीतिको मुलधारमा ल्याएको, दशकौ देखिको हिंसाको राजनीति अन्त्य गराउन पहल गरेको भन्दै आफुलाई विश्वासको मत दिनु नपर्नेुपर्ने कारण नै नरहेको तर्क गरेका छन् ।

प्रमुख प्रतिपक्षी पार्टीका रुपमा आफ्नो दलले रचनात्मक र सहयोग भूमिका खेल्दा आलोचित हुनु परेको उनले बताए । ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ?’

देउवाले कोरोना महामारीले अक्सिजन, भेन्टिलेटर, खोपलगायत नपाएर जनता मरिरहेको टुलुटुलु हेर्ने प्रधानमन्त्री देशमा रहनु विडम्बना भएको समेत बताए ।

‘आफ्ना जनताका लागि अक्सिजन बेड व्यवस्थापन गर्न नसक्ने, जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो,’ देउवाले भने । देउवाले तीन वर्षको मूल्यांकन गर्दा सरकार पूर्ण रूपमा असफल भएको बताएका छन् । अरूमाथि दोष थुपारेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न नपाउने उनले बताए। जनताको हितमा सरकारले काम गर्न नसकेको देउवाको आरोप छ।

कोरोना नियन्त्रण गर्न सरकारले नसकेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै आँच पुग्ने काम प्रधानमन्त्री ओलीबाट भएको उनले बताए। उनले प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button