प्रधानमन्त्रीमा महन्त ठाकुरको चर्चा

काठमाडौँ । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

यही वैशाख ३० गते साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेस गर्न आह्वान भएको हो ।

धारा ७२ ९२० मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रावधान छ । यो प्रावधान अनुसार दाबी गर्न काङ्ग्रेस र माओवादीले मात्रै सम्भव छैन, यहाँनेर सिङै जसपाको साथ चाहिन्छ ।

अहिले दलले मात्र बहुमत दाबी गरे पुग्छ तर जसपाको प्रथम अध्यक्ष नै तयार नभए पछि यो सम्भावना अव नरहेको जसपा श्रोतले बत्ताउँछ । त्यस्तो अवस्थामा फेरी ओली सरकारकै निरन्तरता तिर संविधानले नै बाटो देखाउने सम्भावना छ ।

अध्यक्ष ठाकुरलाई जसरी भएपनी फकाउनु नै पर्ने बाध्यता गठबन्धनमा देखिन्छ । त्यसको लागी महन्तलाई नै प्रधानमन्त्री अफर गरेमा उनी तयार हुन सक्ने श्रोतको दाबी छ ।

यदि गठबन्धनले ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गरेको अवस्थामा ओली नै महन्तलाई प्रधानमन्त्रीका रूपमा अगाडी सार्न सक्ने सम्भावना पनि उत्तिकै छ । त्यसो गर्दा आधा जसपाले एक्लै सत्ताको महत्त्वपूर्ण भूमिकामा हुनेछ ।

महन्तलाई प्रधानमन्त्री बनाउन उनकै दलमा बाबुराम तयार नहुन सक्छन् भने देउवाले पनि यो कुरा मान्न सक्ने सम्भावना कम नै छ । त्यो भन्दा अर्ली इलेक्सन कङ्ग्रेस रोजाइ हुन सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button