कोटा निर्धारण गरेको २ दिनमै सूचना विभागले रोक्यो प्रेस पास, अनलाइन दर्ता र नविकरण

कोभिड-१९ को जोखिम बढ्दै गएपछि सूचना तथा प्रसारण विभागले पत्रकारहरुका लागि प्रेस पास वितरण कार्य अनिश्‍चितकालका लागि स्थगित गरेको छ।

२ दिन अगाडी सूचना तथा प्रशारण विभागलेले भिड बढेको भन्दै कोटा निर्धारण गरेको थियो । जसअन्तरगत दैनिक नयाँ १० वटा र पुरानो २० वटा प्रेस प्रतिनिधि प्रमाणपत्र मात्रै जारी गरिने सूचनामा भनिएको थियो ।

दुई दिनअघि विभागले जारी गरेको सूचना । जसमा कोटा निर्धारण गर गरिएको थियो ।
कोटा निर्धारण गरेको २ दिनमै विभागले अर्को सूचना जारी नभएसम्मको लागि सेवा बन्द गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार विभागले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि प्रेस पास वितरण रोक्ने निर्णय लिएको हो।

‘कोभिड-१९ को बढ्दो सम्भावित संक्रमणबाट जोगाउनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णय नभएसम्मका लागि हाललाई नयाँ प्रेस प्रतिनिधि पास प्रमाणपत्र जारी, नवीकरण, अनलाइन सञ्‍चारमाध्यमतर्फ नयाँ, पुन:दर्ता, नवीकरण र प्रसारणतर्फको सेवा प्रवाह स्थगित गरिएको छ’, विभागले भनेको छ, ‘यसरी सेवा प्रवाह स्थगित गर्दा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्राथी छ।’ कोरोना संकट चुलिँदै गर्दा विभागमा प्रेस पास लिन तथा अन्य कामका लागि पत्रकारहरुको लाइन नै लाग्ने गरेको थियो।

पत्रकारहरुको भीड बढेर सूचना विभागबाट कोरोना सर्ने जोखिम बढेको टिप्पणी भइरहेका बेला यस्तो निर्णय आएको हो।

पछिल्लो समयमा प्रेस पास भएपछि जहाँ पनि हिँडडुल गर्न पाइने भन्दै प्रेस पास लिनेहरुको संख्या बढिरहेको छ ।

यस विषयमा विभागले दर्ता भएको साइटको अनुगमन थालेको स्रोतले जानकारी दिएको छ ।

सेवा स्थगितबारे सूचना तथा प्रसारण विभागको सूचना ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button