सबै दलको सहभागितामा राष्ट्रिय सरकार निर्माण गरी चुनाव गर्ने डा. भट्टराईको प्रस्ताव

डा. भट्टराईले सामाजिक सञ्जाल मार्फत आएको प्रस्तावमा वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन ।
आज बिहान ट्वीट गर्दै भट्टराईले उक्त सरकारमार्फत एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वास गुमाएपछि पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले यो प्रस्ताव अघि सारेका हुन् ।
राष्ट्रिय सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको जोड छ । यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने संवैधानिक प्रावधान छ ।
देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बन्नुपर्ने र दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर जान सकिने डा. भट्टराईको प्रस्ताव छ ।