कांग्रेस नेता बस्नेतले ल्याए कोरोनाविरुद्ध लड्न मनकारी योजना

बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले स्थानीयलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एक सय बेडको कोभिड १९ सेवा केन्द्र एक महिनाभित्र स्थापना गर्ने घोषणा गरेका हुन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिंदै सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने उनले बताएका छन ।
कोभिड १९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने बस्नेतको योजना रहेको छ ।
निकट भविष्यमै कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने बस्नेतले प्रतिवद्धता ब्यक्त गरेका छन । त्यसैगरी कोरोना संक्रमित तथा रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले जीप उपलब्ध गराउने बताएका छन ।
यसरी प्रयोग गरिएको सवारी साधन आफूले फिर्ता नलिने भन्दै सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने बस्नेतको योजना छ ।
कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै १ वर्षसम्म सवारी चालकको तलब भत्ता, गाडीको डिजेल समेतको व्यवस्था व्यक्तिगत रुपमै गर्ने बस्नेतले प्रतिबद्धता जनाएका छन । यथाशीघ्र गाडी हस्तान्तरण गरेर सेवा सुरु गर्ने बस्नेतले प्रतिवद्धता जनाएका छन ।