नेपाली दूतावास ओमनको पहलमा ६०० थान सिलिन्डर ल्याउने तयारी

काठमाडौं । ओमानबाट ६ सय थान अक्सिजन सिलिन्डर आउने भएको छ । ओमानको मस्कटस्थित नेपाली राजदूतावासको पहलमा ६ सय थान सिलिन्डर नेपाल आउन लागेको हो ।

ओमानमा रहेको नेपाली दूतावासको पहलमा त्यहाँ रहेका नेपाली समुदाय र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले शनिबारसम्म ६ सय थान सिलिन्डर ग्यास नेपाल पठाउने तयारी भएको जानकारी दिइन् ।

सरकारले ६ सय सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज मास्कट पठाउने तयारी गरेको छ । त्यसका लागि प्रक्रिया पूरा भइसकेको र शनिबार नेपाल पुग्ने गरी अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको राजदूत ढकालले बताइन् ।

नेपालमा अक्सिजन सिलिन्डर नहुँदा समस्या भएपछि सरकारले मंगलबार मात्रै नेपाल एयरलाइन्सको विमानमार्फत् चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button