मे १५ देखि हरेक दिन चीनबाट ५ सय ५० थान अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं– नेपाल वायु सेवा निगमले चीनको राजधानी बेइजिङबाट हरेक दिन ५ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउने गरी उडान तालिका तय गरेको छ। निगमले १५ मेबाट १९ मेसम्मका लागि ४ वटा उडान तय गरेको हो।
१५ मेमा बेइजिङ गएर निगमको जहाजले ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्सकीय सामान ल्याउने तयारी भइरहेको महाप्रबन्ध डिम प्रकाश पौडेले बताए। त्यसपछि १६, १७, १८, १९ मेमा निगमको वाइडबडी जहाज चीन जाँदै प्रति उडान ५ सय ५० वटा सिलिन्डर ल्याउने भएको छ।
पौडेलका अनुसार निगमका सबै जहाजहरु जुनसुकै देशबाट सामान ल्याउनका लागि तयारी अवस्थामा रहेका छन्। सिलिन्डर ल्याउन निगमले वाइडबडी ए३३० जहाज प्रयोग गर्ने छ।