माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गर्ने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठकले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बालुवाटारमा बसेको बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको हो ।
गठबन्धन सरकार गठनको समय सकिँदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा समसामियक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ ।