माधव नेपालसहित चार नेतालाई पठाइयो निलम्बन फुकुवाको पत्र

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई कारवाही फुकुवा गरिएको पत्र सम्बन्धित व्यक्तिलाई पार्टीले पठाएको छ ।
कारवाही फिर्ताको पत्र पठाई सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
२०७ठ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
अहिले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिररहेको छ ।