कांग्रेस पदाधिकारी बैठक जारी, सरकार गठनबारे निर्णय गर्दै

काठमाडौं । बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा सकिनै लाग्दा दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ ।

यसबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले जारी छ । शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भइरहेको बैठकले सरकार गनठबारे निर्णय गर्ने बताइएको छ ।

कांग्रेस पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड निकाल्ने बुझिएको छ । यसअघि जसपा नेता महन्थ ठाकुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै वार्ता भेटवार्ता गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button