ओली र नेपालबीच भेटवार्ता सकियो

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । चपलीहाइटस्थित सञ्चार व्यवसायी रामेश्वर थापाको घरमा भएको वार्ता झन्डै साढे तीन घन्टा चलेको थियो ।

चपलीस्थित एक व्यवसायीको घरमा दुई नेताबीच भएको भेटवार्ता भर्खरै सुकिएको हो । नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।

आज बिहान ओलीले नेपाललाई टेलिफोन गरी भेटका लागि प्रस्ताव गरेका थिए । आजै बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल लगायत भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही फुकुवा गरेको थियो ।

२०७५ असोज २ गतेको स्थितिमा फर्कनुपर्ने माग पूरा नभए आज दिनको ४ बजे नेपाल पक्ष सांसदले राजीनामा दिने चेतावनी दिइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button