कांग्रेस–माओवादी बहुमतको सरकारको दावी गर्न राष्ट्रपतिसमक्ष नजाने

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र पक्ष राष्ट्रपतिसमक्ष बहुमतको सरकार दावी गर्न नजाने भएका छन् ।
माधव नेपालले केपी ओली शर्मा नेतृत्वकै सरकारलाई सघाउने भएपछि विपक्षी दलहरु बहुमतको सरकार दावी गर्न नजाने भएका हुन् ।
एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले राजीनामा दिएको अवस्थामा विपक्षी दलको बहुमत पुग्ने स्थिति थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवँगको भेटपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘संविधानको धारा ७६ (२) अन्तर्गतको राष्ट्रपतिसमक्ष बहुमतको दावी गर्न जाने प्रक्रिया स्थगित गरेका छौं अथवा नजाने भएका छौं ।’
विपक्षी दलहरुले बहुमतको सरकार गठनका लागि दावी प्रस्तुत गर्न नसकेपछि संविधानको धारा ७६ (३) अन्तर्गत केपी शर्मा ओलीलाई राष्टपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।