नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सकियो

काठमाडौं । बहुमतीय सरकारका लागि दाबी गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ ।
बैशाख २७ गते संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसके पछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई बैशाख २९ गते राति ९ बजेसम्ममा नयाँ सरकार गठनका लागि दाबी गर्न आव्हान गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले दिएको समयसीमामा कुनै पनि दलले नयाँ सरकारका लागि दाबी पेश गर्न नसकेपछि अब धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिले ठूलो दलको हैसियतमा नेकपा (एमाले)लाई नै सरकार नेतृत्व दिनेछन् । सो पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछन् ।